Section 8
महसुल निर्धारणको आधार मिति
निकासी वा पैठारी हुने मालवस्तुको महसुल सो मालवस्तु भन्सार कार्यालयबाट जाँचपास गर्ने मितिमा कायम रहेको महसुल दरबमोजिम निर्धारण गरिने छ ।

तर कूटनीतिक सुविधा, महसुल सुविधा वा आंशिक वा पूर्ण महसुल छुटमा पैठारी भएका मालवस्तुको हकमा त्यस्तो मालवस्तुको महसुल बुझाउने मितिमा कायम रहेको महसुल दर बमोजिम महसुल निर्धारण गरिनेछ ।